पोखरा महानगरले खुलायो, ‘नदीजन्य समाग्रीको टेण्डर’
पाेखरा | मंसिर २४, २०७९
पोखरा: पोखरा महानगरपालिकाले नदीजन्य समाग्री उत्खनन्, तथा विक्रि वितरणका लागि बोलपत्र आह्वान गरेको छ ।
नदीजन्य समाग्री (घाट गद्धि) ढुंगा, गिट्टी, बालुवा, दहत्तर, बहत्तरको ठेक्काका लागि विभिन्न घाटको बोलपत्र खुला गरिएको पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले जानकारी दिए ।
उनका अनुसार पोखरा महानगरपालिका भित्रका ६ वटा घाटको आगामी पुष २४ गते बोलपत्र दाखिला तथा विक्रि गर्ने गरि आह्वान खुला गरिएको हो ।

उनले पुरुन्चौर ढोडेनी घाट, ढावघाट, मर्दीलस्ती दोभानघाट, विजयपुर खोला (दाया किनार), भेडीफारम घाट, मुसेटुंडा सैनिकघाट (बायाँ किनार)को बोलपत्र खुला गरिएको बताए ।
भारतीका अनुसार अहिले खुला गरिएको घाटहरुबाट न्यूनतम २ हजार ५ सय घनमिटर देखि अधिकतम ७ हजार ८ सय ९७ घनमिटर सम्म नदीजन्य समाग्री उत्खनन गर्न सकिनेछ ।
पोखरा महानगरपालिकाले बोलपत्र फारम दस्तुर नगद रु ३ हजार निर्धारण गरेको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

